३० कार्तिक २०८३, सोमबार

राष्ट्रपतिमा विदेशीले सिफारिस गर्न थाल्नु लज्जास्पदः भीम रावल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्न थाल्नु लज्जास्पद भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमामा लेख्दै उनले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्न थाल्नु लज्जास्पद भएको उल्लेख गरेका हुन् ।

उनले पदका लागि शीर्ष नेताहरूले गरिरहेको छलफल देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुने उल्लेख गरेका छन् ।

नेता रावलले भनेका छन्ः

पदका लागि ‘शीर्ष’ नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?
नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले ।लज्जास्पद र निन्दनीय ।