काठमाडौं, ५ जेठ । पसल फोडेर पाँच लाख चोर्ने एक सियरालिओन नागरिकलाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर उपमहानगरपालिका–४ संगमरोड नारायणस्थित अन्नपूर्ण इलेक्ट्रिोनिक्स एण्ड सप्लायर्स पसलबाट नगद ५ लाख रुपैयाँ चोरी गरी फरार सियरालिओन नागरिक राहदानी नम्बर इडि १८५४०५ बाहक ४५ वर्षीय जोहन मासाक्यीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त पसलका संचालक राजु आचार्यलाई जोहनले जेठ ३ गते झुक्यानमा पारी उक्त रकम चोरी गरी फरार भएपछि उनले प्रयोग गरेको मोवाइल लोकेसनको आधारमा खोजी गर्ने क्रममा जेठ ४ गते कास्की पोखरा उपमहानगरपालिका–६ खहरेस्थित होटल फरेष्टबाट उक्त चोरी गरी लगेको रकममध्ये ४ लाख ९० हजार रुपैयाँ सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया