
काठमाडौं, ८ फागुन । कतारी रियालसहित एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय हैदिल सियाद सारिकामारलाई प्रहरीले पक्राउ गरेको हो ।
एयर इण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई कतारी रियालसहित विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया