
कैलाली, ७ फागुन । कैलाली– २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा भएका छन् ।
जिल्ला कारागारमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।
उनलाई नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ लगाएत पार्टीका नेता, कार्यकर्ताहरुले फूलमाला, अबीर र खादा लगाएर स्वागत गरेका छन् ।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।












प्रतिक्रिया