१ मंसिर २०८३, मंगलबार

नेपाल खेदकुद महासंघको महाधिवेशन आजबाट, अध्यक्ष ओलीले उद्घाटन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ फागुन । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आजबाट सुरु हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओली गर्ने कार्यक्रम रहेको आयोजक समितिका संयोजक परशुराम बस्नेतले जानकारी दिए ।

विराट नर्सिङ होम पूर्व रेको महोत्सव स्थलको मैदानमा हुने उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो लगायतको खेलहरु प्रदर्शन गरिने छ । कार्यक्रममा जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराँव, राई (साकेला) नेवारहरुको लाखेलगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने बताइएको छ ।

महाधिवेशन उद्घाटनको अवसरमा आज बिहान ७:३० बजे ‘केपी ओली रोड रेसको प्रथम संस्करण २०७९’ हुने भएको छ ।

विराटनगरको सहिद रंगशाला विराटनगरबाट सुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोक हुँदै रोडशेष पुगेर महाधिवेशन स्थल जाने आयोजकले जनाएको छ । खुला सडक दौड (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक/एक लाख प्राप्त गर्ने बताइएको छ ।

महाधिवेशनको बन्दसत्रको कार्यक्रम आइतबार आजै साँझबाट मनासलु पार्टी प्यालेसमा हुने बताइएको छ ।

महाधिवेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरुसहित ५३० प्रतिनिधि सहभागि हुने छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।