५ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडितका लागि कैलालीमा एमालेको राहत संकलन अभियान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale

धनगढी, ५ जेठ । नेकपा एमालेले कैलालीमा भूकम्प पीडितका लागि आफ्ना नेता कार्यकर्ताबाट खाद्यान्न राहत संकलन गर्न सुरु गरेको छ ।

कैलाली जिल्लाको नारायणपुर र धनसिंहपुर गाविसमा पार्टीले मंगलबार सम्म करिब १४ क्विन्टल गहुँ राहत स्वरुप संकलन गरिसकेको एमाले कैलाली जिल्ला कमिटी सदस्य द्धारिका न्यौपानेले जानकारी दिनुभयो ।

राहत संकलनमा जिल्ला कमिटी सदस्य तथा क्षेत्रिय सह इन्चार्ज मीनबहादुर कठायत, जिल्ला कमिटी सदस्य तथा नारणपुर गाविस इन्चार्ज द्धारिका न्यौपाने, स्थानिय एमालेका नेता कार्यकर्ताहरु नवराज साउद, धनीराम साउद, टेक बहादुर साउद, कृष्ण साउद, गणेश साउद लगाएको सहभागिता थियो ।

यस्तै नारायणपुरमा राहत संकलनमा नरेश्वर धमाला, चतुरप्रसाद खनाल, नरेन्द्र रेग्मी, उमा भट्टराई लगायत गाउँ कमिटी तथा वडा कमिटीका एमाले नेता कार्यक्रताहरु सहभागिता थियो ।

कैैलाली जिल्लामा एमाले पार्टीले आफ्ना सबै मातहतका कमिटीहरुलाई राहत संकलनमा परिचालित गरेको जिल्ला अध्यक्ष दिर्घ सोडारीले बताउनुभयो । कैलाली जिल्लाबाट भूकम्प पीडितहरुलाई १० ट्रक खाद्यान्न संकलन गरेर राहत स्वरुप पठाउने लक्ष राखिएको एमालेले जनाएको छ ।