१ कार्तिक २०८३, शनिबार

महाशिवरात्रि तथा २६०औं नेपाली सैनिक दिवस (फोटो फिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाली सेनाले महाशिवरात्रि तथा २६०औं नेपाली सैनिक दिवस भव्य रुपमा मनाएको छ ।

स्रनिक मञ्च टुडीखेलमा विशेष समारोह आयोजना गरी सेनाले दिवस मनाएको हो । समारोहमार्फत सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए ।

यस्तै, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

समारोहमा भारतीय सेनाका पाँच पूवप्रमुख अतिथिका रूपमा सहभागी थिए ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।

समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू–

तस्वीर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय