१ कार्तिक २०८३, शनिबार

नेपालले २६.१ ओभरमा गुमायो दोस्रो वीकेट, कति बनायो स्कोर ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा अहिले नेपालले नामिबियाको सामना गरिरहेको छ ।

२७५ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङ सुरु गरेको नेपालले २६.१ आभेरमा दोस्रो वीकेट गुमाएको छ । यसअघि २.१ ओभरमा पहिलो वीकेट गएको थियो ।

नामिबियाका बर्नार्ड स्कल्जको बलमा ज्ञानेन्द्र मल्ल आउट भएका छन् । ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नयाँ ब्याटरका रुपमा कुशल मल्ल क्रिजमा भित्रिएका छन् ।

ज्ञानेन्द्र मल्ल र आशिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरे । यो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक साझेदारी हो । यसअघि गत मंगलबार नामिवियासँगकै खेलमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए ।

अहिलेसम्म नेपालले २७ ओभरको समाप्तीमा १५८ रनको स्कोर पार गरेको छ । जितका लागि नेपाललाई अझै ११७ रन आवश्यक छ ।

नेपालको प्लेङ ११ मा आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप जोरा र सन्दीप लामिछाने छन् ।