१ कार्तिक २०८३, शनिबार

आईएमई–पे नेपाल क्लियरिङ्ग हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । आईएमई–पे अब नेपाल क्लियरिङ्ग हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्दछ ।

‘आईएमई– पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई–पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।