१ कार्तिक २०८३, शनिबार

नेपालले गुमायो पहिलो वीकेट

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा अहिले नेपालले नामिबियाको सामना गरिरहेको छ ।

२७५ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङ सुरु गरेको नेािलले २.१ ओभरमै पहिलो वीकेट गुमाएको छ ।

नामिबियाका रुवेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भएका हुन् । नयाँ ब्याटरका रुपमा ज्ञानेन्द्र मल्ल क्रिजमा पुगेका छन् ।

नेपालको प्लेङ ११ मा आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप जोरा र सन्दीप लामिछाने छन् ।