३० कार्तिक २०८३, सोमबार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

२३औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार साँझ भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी, अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, दिपेश प्रसाई र विनिता काफ्ले निर्वाचित भएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार इलेक्ट्रोनिक भोटिङ मशिनमार्फत् मतदान भएको थियो ।