– दीपक ओली
धनगढी, ५ जेठ । भीमदत्त राजमार्ग अन्त्रगत पर्ने डडेल्धुराको मेलखर्क सडकखण्डमा सोमबार साझ भएकामे बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
क्षेत्रीय प्रहरी कार्यालय दीपायलका अनुसार सो बस दुर्घटनामा मृत्यु हुनेहरुमा डडेल्धुरा जोगबुढा गाविसकी १८ वर्षीया रेखा धामी, गाङ्खेत गाविस ८ का ६१ वर्षीय डम्मर कामी र डडेल्धुरा घर भई जिल्ला प्रशासन कार्यालय डडेल्धुराका कार्यालय सहयोगी ५० वर्षीय जगन्नाथ तमौली रहेका छन्
त्यसैगरि दार्चुला अपी नगरपालिकाकी ६२ वर्षीया पारुलीदेबी धामी, बैतडी श्रीकोट गाविसका ३६ वर्षीय महादेव भट्ट र बैतडी श्रीकोट गाविसकै १२ वर्षीय निरज जोशीको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ ।
मृतक मध्ये छ जनाको सनाखत भएपनि तीनजनाको सनाखत हुन नसकेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी रामप्रसाद खनालले बताए । सो दुर्घटनामा सात जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
घाइते मध्ये भारतको हल्दानीमा ११ जना र बरेलीमा ९ जनालाई उपचारका लागि लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हल्दानी र बरेलीमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यसैगरि कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा १५ जना र सेवा नर्सिङ् होममा ९ जनाको उपचार भइरहेको छ । महेन्द्रनगरबाट दार्चुला तर्फ गइरहेको ना५ख १६८५ नम्क्बरको उक्त बस से१ख ७५३ नम्बरको मिनी टाटासँग ठोक्किदा अनियन्त्रित भई करिब एकसय मिटर तल भीरमा खसेर दुर्घटना भएको थियो ।
















प्रतिक्रिया