
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । दुई शीर्ष नेताबीच मुख्यत राष्ट्रपतिको उम्मेदवार टुंग्याउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने अडानमा छन् भने एमाले राष्ट्रपति आफ्नो पार्टीबाट हुनुपर्ने अडानमा रहेको छ ।















प्रतिक्रिया