
काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी र उनको आमा ८६ वर्षीया हरिकलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत उनीहरुको अवस्था जटिल बन्दै गएको अस्पातलले जनाएको छ ।
राति साढे १० बजे अस्पताल आइपुगेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको छ ।
अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनीहरुको उपचार नेपालमा सहज हुने नदेखिएको जनाउँदै तत्तकाल देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको हो ।
सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब २५ देखि ३० प्रतिशत भाग र आमाको जीउको अधिकांश करिब ७० प्रतिशत भाग जलेको अस्पतालको विज्ञप्तीमा जनाइएको छ ।













प्रतिक्रिया