
रसुवा, ३ फागुन । रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
गएराति जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोल गाउँमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा स्थानीय ४४ वर्षीय मुरली बुलुन, गुम्बाटोल बस्ने ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।
ईलका प्रहरी कार्यालय कालिकासका प्रहरी निरीक्षक राजिव बस्नेतको ७ जनाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए ।
उनका अनुसार घटनास्थलबाट गाईको मासु, र हतियार (बन्चरो १, खुकुरी २ थान) बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।











प्रतिक्रिया