२ कार्तिक २०८३, सोमबार

बीबीसीको कार्यालयमा आयकर विभागको छापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) को दिल्ली र मुम्बईस्थित कार्यालयमा भारतीय आयकर विभागले छापा मारेको छ ।

बीबीसीका सबै कर्मचारीको फोन जफत गरिएको छ । भारतीय बीबीसीले अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आशंकामा छापा मारिएको बताइएको छ ।

जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ । कर्मचारीहको फोन नियन्त्रणमा लिएर उनीहरुलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

बीबीसीको कार्यालयमा छापा मारेसँगै लण्डनस्थित बीबीसीको कार्यालयमा जानकारी पठाइएको बताइएको छ । भारतीय काँग्रेसले भने बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारेको डकुमेन्ट्री प्रदर्शन गर्ने भएपछि छापा मारिएको आरोप लगाएको छ ।

सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बीबीसीले डकुमेन्ट्री बनाएको थियो । भारतमा यो डकुमेन्ट्री प्रदर्शनमा रोक लगाइएको छ ।