
काठमाडौं, २ फागुन । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्ट रानीपोखरी तानिएका छन् ।
सोमबारको यातायात व्यवसायीको आन्दोलनपछि डीएसपी विष्टलाई बालाजुको जिम्मेवारीबाट हटाएर रानीपोखरीमा तानिएको हो ।
विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।
सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।















प्रतिक्रिया