३० कार्तिक २०८३, सोमबार

सरकार र यातायात मजदुरबीच वार्ता सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सरकार र यातायात मजदुर नेताहरुबीच वार्ता सुरु भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

सोमबार बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई वार्तामा बोलाएको हो ।

मजदुर संगठनको हड्ताल पछि आज काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन् ।