३० कार्तिक २०८३, सोमबार

रोकिराखेको ट्रकबाट १५८ किलो गाँजा बरामदः एक जना पक्राउ, एक फरार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, २ फागुन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मनहरी-९ ज्यामिरेमा रोकिराखेको ना. ६ ख ४५२० नम्बर को डिब्बा ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलिले रोकिराखेको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिनबाट  १ सय ५८ किलो (१२ वटा पोकामा) गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकको चालक र सहचालकको खोजि गर्नेक्रममा गएरातिनै सोही स्थानको नजिकैबाट जिल्लाको थाहा नगरपालिका-३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर गाँजा लिएर कहाँ जान लागेको भन्ने खुलेको छैन् ।

ट्रकका चालक फरार रहेको र खोजि कार्य भइरहेको डिएसपी कार्कीको भनाइ छ ।

घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले छ ।