२ कार्तिक २०८३, सोमबार

बालाजु क्षेत्र तनावग्रस्त, यातायात व्यवसायीले लगाए प्रहरीको गाडीमा आगो (तस्वीरहरुसहित)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ ।

ट्राफिक नियमकोविरुद्वमा यातायाद व्यवसायीले सडकमै गाडी तेर्‍स्याएर आन्दोलन गरेका हुन् । आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडको स्थिति बनेको छ ।

बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले प्रहरीका दुई वटा गाडीमा आगजनी समेत गरेका छन् । यातायात व्यवसायीको आन्दोलनसँगै काठमाडौं उपत्यकाकै यातायात प्रभावित भएको छ ।