२ कार्तिक २०८३, सोमबार

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस एकै मञ्चमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, १ फागुन । व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा नयाँ अभियानको सुरुवात गरेका छन् ।

काँकडभिट्टाको मेची पुलबाट सोमबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह र अन्य राजपरिवारका सदस्यहरुको उपस्थितिमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको सुरुवात गरेका हुन् ।

कार्यक्रमको पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र र पारस एकै मञ्चमा देखिएका छन् । परिवारबाट बाहिर रहँदै आएका पारस पछिल्लो समय भने परिवारसँगै देखिन थालेका छन् ।

पूर्वराजालाई हेर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ लगायत स्थानबाट हजारौँ मानिसहरु कार्यक्रममा आएका थिए ।