२ कार्तिक २०८३, सोमबार

भूकम्पग्रस्त टर्कीमा नेपालले पठायो राहत सामग्री

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । भूकम्पग्रस्त टर्कीमा नेपालले पनि राहत सामग्री पठाएको छ । नेपालले पहिलो खेप अन्तर्गत सोमबार करिब २२ टन राहत सामग्री टर्कीमा पठाएको हो ।

नेपालले औषधी, कपडा, खानेकुरा लगायतका सामग्री टर्की पठाएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्की एयरलाइन्सका जनरल म्यानेजर सर्कन बसारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन्।

सामग्रीको कुल तौल २२ हजार ७८७ केजी रहेको छ। १९ वटा पल्लेटमध्ये आज ३ वटामात्र पठाइएको हो ।