१ मंसिर २०८३, मंगलबार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने छ ।

बैठकमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने तथा सरकारमा सहभागी हुनको लागि आएको प्रस्ताव बारे छलफल हुने बताइएको छ ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वापालाई सरकारमा ल्याउने बारे छलफल भएको थियो ।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले रास्वापा सभापति रवि लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए ।