३० कार्तिक २०८३, सोमबार

कांग्रेस नेता कोइरालाको प्रश्न: संविधानले नचिन्ने जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले नचिन्ने जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले भनेका छन्ः

एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले  संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?