
काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजिनक विदा दिने निर्णय गरेको हो ।
सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको यो पहिलो पटक हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा सार्वजनिक विदा दिएका हुन् ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको कर्णाली र बागमती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजिनक विदा दिन निर्णय गरेका थिए ।
माओवादीले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ ।












प्रतिक्रिया