१ कार्तिक २०८३, शनिबार

विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्न चाहान्छौँ : माधव नेपाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी विचार मिल्नेहरूसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताएका छन् ।

पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आएका नेता नेपालले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै आफ्नो पार्टी सहमतिका लागि बाधक नबन्ने बताएका हुन् ।

‘सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ । हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो,’ अध्यक्ष नेपालले भने, ‘मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ, त्यो अहिलेको आवश्यकता पनि हो ।’

अध्यक्ष नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् ।

संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङ्ग्याउनु राम्रो हुने बताए ।