३० कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले २०७४ मा निर्वाचित नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।