३० कार्तिक २०८३, सोमबार

त्रिभुवन विमानस्थलबाट ३५ किलो चरेससहित ४ जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषध चरेससहित चारजना थाइ नागरिक पक्राउ परेका छन् ।

थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाएर लागुऔषध चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।