३१ आश्विन २०८३, शनिबार

क्लब विश्वकपको उपाधि रियल म्याड्रिडलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ  । स्पेनको रियल म्याड्रिडले २०२३ फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

गएराती सम्पन्न फाइनल खेलमा म्याड्रिडले साउदीको अल हिलाल क्लबलाई ५-३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र फेड्रीको भाल्भर्डेले २-२ गोल गरेका थिए भने करिम बेन्जमाले एक गोल गरेका थिए ।

त्यस्तै अल हिलालका लागि लुसिआनो भिएट्टोले दुई गोल गरेका थिए भने मोउसा मारेगाले एक गोल गरेका थिए ।

योसँगै रियल म्याड्रिडले फिफा विश्वकपको उपाधि सबैभन्दा बढी पाँच पटक जितेको छ । रियलले यसअघि २०१४, २०१६, २०१७, २०१८ मा यो उपाधि जितेको थियो ।