
काठमाडौं, २८ माघ । नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको गरिमा थाम्न सक्ने व्यक्तित्व राजनीतिबाहिर नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गर्दै राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।
स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने उनको जिकिर छ । ‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिमा राजनीतिक ब्यक्तित्व नै चाहिन्छ ।’
संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा मात्र सहमति कायम हुनसक्ने उनको भनाई छ ।















प्रतिक्रिया