
काठमाडौं, २८ माघ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेसले संवैधानिक पदहरूलाई शक्ति केन्द्रमा रुपमा परिभाषित गर्न खोजेको बताएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले अहिले राष्ट्रिय सहमतिका नाममा राष्ट्रपति जस्तो संवैधानिक पदलाई शक्ति केन्द्रमा रुपमा परिभाषित गर्न खोजिएको बताएका हुन् ।
उनले गठबन्धनभित्र भएको सहमतिका आधारमा प्रचण्ड प्रधानमन्त्री भएकाले अब त्यही सहमतिका आधारमा एमालेको उम्मेद्वार राष्ट्रपति हुनुपर्ने जिकिर गरे ।
वर्तमान गठबन्धन कायम रहेसम्म यसअघि भएको सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।















प्रतिक्रिया