
काठमाडौं, २७ माघ । आगामी फागुन ११ गतेबाट १७ गतेसम्म काठमाडौंमा हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’मा आठ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ वटा टिमले प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ ।
प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ए डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आयोजकसहित ए डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उदयीमान खेलाडीलाई ५० हजार र हरेक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु च्यासल मैदान, दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आयोजकले जनाएको छ ।















प्रतिक्रिया