३० कार्तिक २०८३, सोमबार

विवेकशील साझाको पहिलो महाधिवेशनको शुभकामना दिँदै रवीन्द्रले भनेः हाम्रो ‘विचार’मा अन्तर भए नि ‘नियत’मा अन्तर छैन भन्नेमा विश्वस्त छु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । विवेकशील साझा पार्टी छाडेर राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले विवेकशील साझाको पहिलो महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै नेता मिश्रले पहिलो महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् ।

उनले आफ्नो ‘मार्ग परिवर्तन’ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजानेहरुप्रति नमन गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भनेका छन्ः

विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु। मेरो ‘मार्ग परिवर्तन’ले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन! हाम्रो ‘विचार’मा अन्तर भए नि ‘नियत’मा अन्तर छैन भन्नेमा विश्वस्त छु।

विवेकशील साझाको पहिलो महाधिवेशन आजबाट सुरू हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ९ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।