
काठमाडौं, २७ माघ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।
बिहीबार अपरान्ह ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान ९ बस्ने गरी स्थगित गरिएको थियो ।
बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल थियो ।
आज बस्ने बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिपतिको निर्वाचन बारे छलफल हुने बताइएको छ ।












प्रतिक्रिया