
काठमाडौं, २६ माघ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ । बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक/एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरे ।















प्रतिक्रिया