३० कार्तिक २०८३, सोमबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

बुधबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थिति रहने छ ।