
चितवन, २५ माघ । नेपाल प्रेस युनियन रामेछापले नयाँ बनेको बागमती प्रदेशको कार्यसमितिलाई लिएर असहमित र आपत्ति जनाएको छ ।
प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीले प्रदेश समिति चयन गर्दा मनोमानी भएको भन्दै असहमित र आपत्ति जनाएका हुन् ।
उनले नेतृत्व चयन गर्दा सर्वसहमत गर्ने भावना विपरित निर्वाचन समितिले मनोमानी ढंगले समिति बनाएर रामेछाप जिल्लालाई अपहेलना गरेको दाबी गरेका छन् ।

जिल्ला अध्यक्ष अधिकारीले रामेछापलाई दिएको कार्य समिति सदस्यहरु कार्य समितिमा नरहने समेत विज्ञप्तिमार्फत जनाएका छन् ।
मंगलबार चितवनको सौरहामा सम्पन्न प्रेस युनियनको प्रथम बागमती अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ ।
प्रदेश कार्यसमितिको उपाध्यक्षमा धादिङकी गोमा थापा, मकवानपुरका सुजन बिडारी, नुवाकोटका श्रीराम नेपाल, महासचिवमा चितवनका पूर्ण शर्मा चयन भएका छन् । कार्यसमितिको सचिवमा चितवनका रमेश पौडेल र सरिता पौडेल र कोषाध्यक्षमा धादिङका विकास रौनियार चयन भएका छन् ।












प्रतिक्रिया