
काठमाडौं, २२ माघ । राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन् ।
आइतबार दिउँसो बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।
उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ ।
कांग्रेसको आइतबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीलाई समर्थन गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया