३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बार, एन्फा र सिटिइभिटीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k|wfgdGqL lgjf; afn'jf6f/df cfof]lht sfo{qmddf kl/ifbsf ;b:o ;lrj 8f= /fdxl/ nfld5fg]n] k|wfgdGqL b}jL k|sf]k p4f/ sf]ifdf k|wfgGqL sf]O/fnfnfO{ r]s x:tfGt/0f . tl:a/ M ;f}hGo k|wfgdlGqsf] sfof{noकाठमाडौँ, ४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिका बेलामा सबैले मानवीय पक्षलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले सो कुरा भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार आएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टोलीसँग भन्नुभएको हो ।

सो अवसरमा एन्फाका अध्यक्ष एवम् संविधानसभाका सदस्य गणेश थापाले प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको रु १० लाखको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो । उहाँले एन्फा आफँैले पनि भूकम्पपीडितलाई खाद्यान्न र लत्ताकपडाजस्ता राहत सामग्री वितरण गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले केही समयमा स्विट्जरल्यान्डमा हुने विश्व फुटबल महासङ्घ (फिफा)को बैठकमा नेपालका भूकम्पपीडितलाई गर्ने सहयोगका बारेमा छलफल हुने र आफूले त्यसमा नेपालमा विनाशकारी भूकम्पले पु¥याएको क्षतिबाट नागरिकलाई पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सक्दो सहयोग गर्न अपिल गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले आमनागरिकलाई सहयोग पु¥याउन सरकारको जत्तिको प्रभावकारी संयन्त्र अरु नभएकाले प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गरी वितरण हुने राहतलाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभएको थियो ।

k|wfgdGqL lgjf; afn'jf6f/df cfof]lht sfo{qmddf g]kfn jf/ Pzf]l;o;gsf cWoIf xl/s[i0f sfsL{n] k|wfgdGqL sf]O/fnfnfO{ r]s x:tfGt/0f . tl:a/ M ;f}hGo k|wfgdlGqsf] sfof{noप्रधानमन्त्रीले कोषको गरिमाका लागि प्रधानमन्त्रीको नाम राखिएको भए पनि यो कोषको सञ्चालन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा विभिन्न आठ मन्त्रालयका सचिवहरु रहेको समितिले गर्ने बताउनुभयो ।

उहाँले समितिको सिफारिसमा गृह मन्त्रालयले रकम निकासा पाउने र त्यसरी निकासा हुने रकम सम्बन्धित जिल्लाको दैवी प्रकोप समितिको खातामा जाने भएकाले यसमा दुरुपयोग हुने कुनै शङ्का नगर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले देशविदेशका सबै दाताले आ–आफ्नो गाँस कटाएर दिएको राहत रकम तथा राहत सामग्रीको सदुपयोग होस् र यसको वितरणमा पक्षपात नहोस् भन्ने आफ्नो इच्छा रहेको बताउँदै बजारमा कतिपयले पाल लुकाएको र अधिक रकम लिएको गुनासो आएकाले त्यसलाई रोक्न सबैले मद्धत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपत्तिमा सबैले मानवीय पक्षलाई हेर्नुपर्छ ।”

प्रधानमन्त्री कोइरालाले सीमित स्रोत साधनका बीचमा नेपालले यो महाविपत्तिको व्यवस्थापनमा गरेको कामको विदेशी राष्ट्र र संस्थाहरुबाट सराहना भएको पनि बताउनुभयो । उहाँले वर्षा अगाडि नै प्रभावित क्षेत्रमा अस्थायी बसोबास बनाउन सजिलो होस् भनेर सरकारले जस्ता पाता र नगदै अनुदान दिने व्यवस्था गरेको पनि बताउनुभयो ।

उद्धार कोषमा सिटिइभिटीको रु ४० लाख

आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राविधिक तथा व्यावसायिक तालिम परिषद्का तर्फबाट रु ४० लाख दुई हजार ३७४ सहयोग प्राप्त भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा परिषद्का सदस्य सचिव डा रामहरि लामिछानेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

महासचिव डा लामिछानेले परिषद्ले भूकम्पपीडित परिवारका एक हजार विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिमा शिक्षा दिने बताउनुभएको थियो । राहत रकम हस्तान्तरण कार्यक्रममा शिक्षा मन्त्री चित्रलेखा यादवको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री कोइरालाले सहयोगका लागि प्राप्त रकम र राहत सामग्री दुरुपयोग नहोस् भन्नेमा सरकार सजग गरेको बताउनुभयो ।

नेपाल बारबाट दश लाख

आजै भूकम्पपीडितलाई सहयोग गर्न नेपाल बार एसोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष कार्कीले यो रकम बारको आह्वानमा कानुन व्यवसायीबाट सङ्कलन भएको बताउनुभएको थियो ।

रकम हस्तान्तरण समारोहमा प्रधानमन्त्री कोइरालाले राहत रकम दुरुपयोग नहोस् भन्नेमा सबै सचेत रहनुपर्ने बताउनुभयो । उहाँले कतिपयले सामान गोदाममा थन्क्याएको र कतिपयले अधिक मूल्य लिएको बताउँदै यस्तो सूचना तुरुन्त सरकारी निकायलाई दिन सबैलाई आग्रह पनि गर्नुभयो ।

उहाँले सूचना आएको आधारमा जम्माखोरी गर्ने र कालाबजारी गर्नेलार्ई सरकारले पक्राउ गरिएको बताउनुभयो । रासस