३० कार्तिक २०८३, सोमबार

आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्ः रवि लामिछाने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सामाजिक सञ्जालमा लैख्दै उनले सो कुराको जानकारी गराएका हुन् ।

उनले आज बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने र आफूले विषेश पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । रविले भनेका छन्, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

रास्वपाको बैठक आज बस्दैछ । बैठकले समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय गर्ने बताइएको छ । यसअघि शनिबार साँझ बसेको रास्वपाको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेकका अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

रास्वपाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि छलफल हुने र निर्णय लिइने बुझिएको छ ।