२९ आश्विन २०८३, बिहिबार

४५ सीमास्तम्भ गायब, भएका पनि सवै जीर्ण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sima-stambhaइलाम, १९ जेठ । नेपाल र भारतको सिमाना छुट्याउन गाडिएका इलामका पूर्वी सीमा क्षेत्रका ४५ सीमास्तम्भ वर्षाैंदेखि गायब भएका छन् ।

हराएका सीमास्तम्भ वर्षौंसम्म अद्यावधिक गर्न नसक्दा सीमा क्षेत्रका बासिन्दा सास्ती व्यहोर्नुपरेको छ । एक वर्षअघि मात्र दुई देशका प्रतिनिधिले सीमा क्षेत्र र पिल्लरको अनुगमन गरेपनि पुनःनिर्माण गर्ने कुनै योजना नबनाएको सीमा प्रशासन कार्यालय पशुपतिनगरले जनाएको छ ।

अनुगमनका क्रममा पूर्वी इलामको जिर्मलेमा रहेका ८०, ८१ र ८२ नम्बरका ३ मुख्य सीमास्तम्भ (जङ्गे पिलर), १० सब्सीडायरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब भएको कार्यालयले जनाएको छ ।
हराएका सीमास्तम्भको सङ्केतका लागि राखिएका तीन रिफ्लेक्ट पिलर (आरपी) पनि अझैसम्म भेटिएका छैनन् । विभागको तथ्याङ्कमा यस क्षेत्रमा तीनै प्रकारका जम्मा १०७ सीमास्तम्भ हुनुपर्ने उल्लेख छ ।

अनुगमनपछिको तथ्याङ्कमा पाँच मुख्य सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्ने र अहिले भएका सीमास्तम्भ पनि जीर्ण भएकाले मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् ।

भारतीय पक्षले यसअघिनै नेपालसँग समन्वय नगरी सीमाको अनुगमन गरेर लागत अनुमान समेत निकालिसकेको अनुगमन टोलीले जनाएको सीमा प्रशासन कार्यालयका प्रमुख तेजिन्द्र गौतमले जानकारी दिनुभयो ।

दुई देशबीचका सीमास्तम्भमध्ये जोडी नम्बर रहेका स्तम्भ भारतले र बिजोडी नम्बर रहेका स्तम्भ नेपालले निर्माण गर्ने प्रावधान रहेको छ । विभागले सन् २००७ मा पनि यस क्षेत्रका सीमास्तम्भ अनुगमन गरी नक्सा तयार पारेको थियो । तर नेपालले भने अहिलेसम्म सीमास्तम्भ अद्यावधिक गर्न चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

सरकारले पूर्वका नेपाल–भारत सीमास्तम्भ पटक–पटक अनुगमन गरेपछि संरक्षणका लागि कुनै काम नगरेको स्थानीयवासीको गुनासो छ ।