३० कार्तिक २०८३, सोमबार

अहिले कै गतिमा धर्मपरिवर्तन हुँदै जाने हो भने नेपाली पहिचानको गौरव समाप्त हुन्छः कमल थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले कै गतिमा धर्मपरिवर्तन हुँदै जाने हो भने नेपाली पहिचानको गौरव समाप्त हुने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देशसहित ट्वीट गर्दै थापाले धर्मपरिवर्तनको डडेलोमा राष्ट्रिय पहिचान र एकताको आधार कमजोर हुँदै गएको चिन्ता व्यक्त गरेका छन् ।

उनले विश्वमानै तीब्र गतिले इसाइकरण हुने मुलुकमा नेपाल एक नम्बरमा रहेको दाबी गरेका छन् । उनले धर्म भनेको पूजा आराधानको विषय मात्र नभइ धर्म, संस्कृति र परम्परा मुलुकको अस्त्विको आधार रहेको उल्लेख गरेका छन् ।

‘यसैगरी धर्म परिवर्तन हुँदै जाने हो भने, समाजको इसाइकरण हुँदै जाने हो भने आखिर हाम्रो नेपाली पहिचान भन्ने गौरव समाप्त हुनसक्छ ।’ थापाले भिडियो सन्देशमा भनेका छन्, ‘म सबै सम्बद्ध निकायहरु, राजनीतिक दलहरु, सरकारलाई आग्रह गर्न चाहान्छु सनातन धर्मको संरक्षण र सम्बर्धनको निमित्त शसक्त प्रयास होस् ।’

उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न समाजमा विद्यमान सबै प्रकारका विभेद,असमानता अन्त्य गर्नुपर्ने बताएका छन् ।

थापाले जातीय आधारमा हुने छुवाछुत जस्तो विकृतिको जरैदेखि उन्मुलन गर्नुपर्ने उल्लेख गरेका छन् ।