३० कार्तिक २०८३, सोमबार

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठक सुरु हुँदै, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० माघ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक सुरु हुँदैछ ।

बिहीबारबाट हेटौंडा-५ को पूजा ब्यान्केटमा सुरु भएको बैठकमा आज शुक्रबार एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा नेता पोखरेलसँगै उपमहासचिव प्रदीप ज्ञवली, पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले नेता निरुदेवी पाल, राजीव पहाडी लगाएतकाले प्रशिक्षण दिने कार्यक्रम रहेको युवा संघका नेता सन्तोष चौलागाईले जानकारी दिए ।

यसअघि बिहीबार सुरु भएको उद्घाटन सत्रको बैठकलाई एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र विभागका प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

आजको बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा हुने महाधिवेशन तयारीको लागि जिम्मेवारी बाँडफाँड गर्ने बताइएको छ ।