
काठमाडौं, १९ माघ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टीममा पुनरागमन गर्ने भएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सन्दीपलाई बोलाइएपछि उनले टीममा पुनरागमन गर्ने पक्का भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि सन्दीप माथिको निलम्बन फुकुवा गरेको थियो ।
नेपालले आगामी महिना आईसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । सोही प्रतियोगितालाई मध्यनजर गर्दै सन्दीपलाई पुनरागमन गराइएको हो ।
टीममा परेसँगै सन्दीपले बिहीबार नै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका थिए । उनले केहीबेर कीर्तिपुर मैदानमा अभ्याससमेत गरेका थिए ।















प्रतिक्रिया