
काठमाडौं, १८ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आजको बैठक भोलि बस्ने गरी सारिएको महासचिव गुरुङले बताए ।
आजको बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।












प्रतिक्रिया