
काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।
यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया