३० कार्तिक २०८३, सोमबार

दुई पटक मतदाताले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो लाग्छः रवीन्द्र मिश्र

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बेलाखबत आफू राजनीतिका लागि उपयुक्त पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको बताएका छन् ।

काठमाडौं-१ बाट लगातार दुई पटक निर्वाचनमा पराजित बनेका मिश्रले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो क्षेत्रका मतदाताले आफूलाई दोस्रोपटक हराएर ठिकै गरे कि जस्तो लागेको उल्लेख गरेका छन् ।

मिश्रले भनेका छन्ः

सबै हेर्दा र बुझ्दा,
म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत।
दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ। तर फेरी ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र?
“यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन” भनेर त्यसै भनेको कहाँ हुँ र! (विहानी निराशा/विहानी दृढता)