महेन्द्रनगर, ४ वैशाख । सुन्दा अचम्म लाग्छ, तर देख्दा सत्य होकी जस्तै महशुस हुन्छ । यो कुरा हाम्रै गाउँ घरको हो । केही दिन यता हल्लै हल्लामा चक्लेट बाँड्ने क्रम चलिरहेको छ । केही समय यता कञ्चनपुरमा विभिन्न व्यक्तिबाट भिन्न भिन्न भनाइ र फरक–फरक तरिकाबाट चक्लेट बाँड्ने कार्य जारी छ ।
दुई मात्र सन्तान ईश्वरको बरदान, चाहे छोरा होस वा छोरी दुबै हुन बराबरी भन्ने नारा जताजतै सुनिदै आएता पनि व्यबहारमा लागु हुन सकेको छैन । नारामा सीमित रहेको छोरा छोरी प्रतिको भेद भाव २१ औं शताब्दीमा पनि आज भोलीको होहल्लाको भरमा चकलेट बाडने कार्यले प्रमाणित गरिदिएको छ ।
आमालाई छोरा प्रतिको स्नेह र माया झल्कीने होहल्लाले एक मात्र छोरा रहेका आमाहरु चक्लेट बाँड्नमा व्यस्त छन् । एक मात्र छोरा भएका आमाले एकै छोरा भएका १२ जना आमाहरुलाई चक्लेट बाड्नु पर्ने भएकोले आमा खोजी गर्दै चक्लेट बाँड्दै छन् ।
यसरी चक्लेट बाँड्दै गरेकी कञ्चनपुरको झलारीकीे रमा जोशीले धनगढीमा बाह्रवटा टाउको रहेको राक्षस बच्चा जन्मिएको छ । त्यस बच्चाले एकमात्र छोरा भएकोलाई खान्छु भन्ने हल्ला छ । त्यस राक्षसवाट बचाउन जुन आमाले बाह्र जना आमालाई चक्लेट बाड्दैनन् त्यसको छोरालाई खाने भएकोले मैले पनि आफ्नो छोराको रक्षार्थ चक्लेट बाँड्दै छु भन्नुभयो ।
यस्ता किसिमका निराधार हल्ला समय समयमा आइ रहेको सुनिन्छ । जव जव देशमा संकट र समस्या आइ पर्छ तव तव यस्ता गतिविधीहरु सुनिन्छन । कुनै वेला कालो रङ्गले घरको भित्तामा हत्केलाको छाप लगाउने हल्ला, कुनै समयमा पर्चा पम्पलेट छापेर वाड्ने हल्ला, विभिन्न एसएमएसको हल्ला जस्तो होहल्लाले सर्व साधारणलाई झुक्याउने गरेको पाईन्छ ।
















प्रतिक्रिया