३० कार्तिक २०८३, सोमबार

काठमाडौंको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । काठमाडौंको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाडौं महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।