
काठमाडौं, १५ माघ । सर्वोच्च अदालतबाट गैरनागरिक ठहरिएका रवि लामिछानेले आज आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिने तयारी गरेका छन् ।
अमेरिकाको नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी रास्वपाको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको थियो ।
रविले पुनः नागरिकता प्राप्तिका लागि अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्वीर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।
उनले आजै काठमाडौं प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ ।












प्रतिक्रिया